आईपीएलः दिल्लीको मुम्बईमाथि चार विकेटको जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिवार भएको खेलमा दिल्ली क्यापिटल्सले ४ विकेटले जीत हात पारेको छ ।
टस हारेर ब्याटिङ्को निम्तो पाएको मुम्बई इण्डियन्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो ।
एक सय ३० रनको बिजयी लक्ष्य पछ्याएको दिल्लीले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर जीत निकालेको हो ।
दिल्लीको जीतमा श्रेयस अयरले नटआउन ३३ रन जोडे भने कप्तान ऋषव पन्तले २६ र रविचन्द्रन आश्विनले नटआउट २० रन बनाए ।
मुम्बई इण्डियन्सका ट्रेन्ट बोल्ट, जयन्त यादव, क्रुनाल पाण्डे, जसप्रित बुमराह र नाथन कल्टर निलले १/१ विकेट लिएका थिए ।
जितपछि १२ खेलबाट १८ अंक जोडेको दिल्ली दोस्रो स्थानमा उभिएको छ ।
शुक्रबार पञ्जाव किंग्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको थियो ।
दोस्रो खेलमा शनिवार राती चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच खेल भएको छ । राजस्थानले टस जितेर फिल्ड रोजेपछि चेन्नईले ब्याटिङ् सम्हालेको छ ।


















यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
संविधान संशोधनका विषयमा अध्ययन गर्न गठित सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया