मंगलबार, फागुन ६, २०८१

आईपीएलः दिल्लीको मुम्बईमाथि चार विकेटको जीत

मेरोन्यूज २०७८ असोज १६ गते २१:२०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिवार भएको खेलमा दिल्ली क्यापिटल्सले ४ विकेटले जीत हात पारेको छ ।

टस हारेर ब्याटिङ्को निम्तो पाएको मुम्बई इण्डियन्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन जोडेको थियो ।

एक सय ३० रनको बिजयी लक्ष्य पछ्याएको दिल्लीले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर जीत निकालेको हो ।

दिल्लीको जीतमा श्रेयस अयरले नटआउन ३३ रन जोडे भने कप्तान ऋषव पन्तले २६ र रविचन्द्रन आश्विनले नटआउट २० रन बनाए ।

मुम्बई इण्डियन्सका ट्रेन्ट बोल्ट, जयन्त यादव, क्रुनाल पाण्डे, जसप्रित बुमराह र नाथन कल्टर निलले १/१ विकेट लिएका थिए ।

जितपछि १२ खेलबाट १८ अंक जोडेको दिल्ली दोस्रो स्थानमा उभिएको छ ।

शुक्रबार पञ्जाव किंग्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको थियो ।

दोस्रो खेलमा शनिवार राती चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच खेल भएको छ । राजस्थानले टस जितेर फिल्ड रोजेपछि चेन्नईले ब्याटिङ् सम्हालेको छ ।

Advertisement
IMEnabil

प्रतिक्रिया