एमालेको विधान महाधिवेशन आज सकिने

काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज सकिँदै छ । राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै एमालेले विधान महाधिवेशनको समापन गर्ने भएको हो ।
गत शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी महाधिवेशन आजको अन्तिम दिन हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदनमाथि समूहगत छलफल सकिएसँगै प्रतिवेदन प्रस्तुतकर्ताले त्यसको जवाफ दिने भएका छन् । यससँगै विधान महाधिवेशनको समापन गरिने छ ।
पार्टीका तीन नेताहरूले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न विभिन्न क्षेत्रबाट १० समूहमा प्रतिनिधिहरूलाई विभाजन गरिएको थियो । त्यसमध्ये पाँच समूहले शनिबार समूहगत निष्कर्ष सुनाएका थिए ।
त्यसमध्ये आज बाँकी ५ समूहको निष्कर्ष सुनेपछि प्रतिवेदन प्रस्तुतकर्ताहरु त्यसको जवाफ दिने कार्यक्रम रहेको छ । विधान महाधिवेशनमा देशभरबाट कूल ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया