ओलीलाई फागुनपछि पनि एमालेमा अध्यक्ष बन्ने बाटो खुल्यो
विष्णु पौडेल भन्छन्– निर्वाचित भएपछि ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल

काठमाडौं । नेकपा एमालेले पार्टी विधानमै ७० वर्षे उमेर हद कार्यान्वयनमा ल्याएपछि फागुन पछि ७१ वर्षमा टेक्न लागेका ओलीको लागि अध्यक्ष पद के होला ? आम जिज्ञासा थियो ।
संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संसोधनको परिार्जित विधानमा ७० वर्ष उमेर पुगेपनि त्यस अगाडी नै कार्यकारी पदमा निर्वाचित भएपनि उक्त पदमा वाहाल रहेर काम गर्न पाउने वैधानिक ब्यवस्था गरेपछि ओलीका लागि फागुन पछि पनि एमालेमा अध्यक्ष बन्ने बाटो खुलेको हो ।
ओली फागुनमा ७१ वर्ष पुग्दैछन् । उनले आगामी मंसिर दोस्रो साता पार्टीको महाधिवेशन गरेर अध्यक्षमा निर्वाचित भएमा उनकालागि ५ वर्ष नै पार्टी अध्यक्षको रुपमा भूमिका निर्वाह गर्ने बाटो एमालेमा पेश भएको विधान संसोधन प्रस्तावले वाटो खोलेको हो ।
उनी शुरुमा एउटै क्लास दोहोराएर नपढ्ने वताउँदै आएका थिए । तर अहिले एमालेमा ओलीको विकल्पमा अध्यक्ष उठेने हिम्मत कसैले गर्न सक्ने अवस्था देखिएको छैन । ओलीलाई नै पार्टीमा शक्तिशाली बनाउन ओलीको महिमामण्डन पार्टीभित्र भईरहेको छ ।
एमालेले ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गरेको छ । ७० वर्षको उमेर हदबारे व्याख्या गर्दै संगठन विभाग प्रमुख विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने बताए पछि ओलीका लागि फागुन पछि पनि अध्यक्ष बन्ने बाटो औपचाकिर रुपमा नै खुलेको हो ।
‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउनेछ । कार्यकालको बीचमै ७० वर्ष पुगेपनि पूरा कार्यकाल काम गर्ने पाउने व्यवस्था हुनेछ । ७० वर्ष छोएपछि हो कि ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने भन्ने कुरा यसले टुंगो लाग्यो ।
कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा पनि कार्यकालको जिम्मेवारी पूरा गर्न पाउने व्यवस्था हो ।’ विष्णु पौडेलले ७० वर्षे उमेरहदको ब्याख्या गदै एमाले विधान महाधिवेशनको वन्दशत्रमा भने ।
















यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया