एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि रहने, पदाधिकारीको संख्या १५ हुने

काठमाडौं । नेकपा एमालेले पार्टीमा एक अध्यक्ष एक वरिष्ठ सहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव सहित १५ पदाधिकारी रहने गरी प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनमा उठाएका सदस्यहरुले दिएको सुझावका आधारमा नयाँ परिमार्जित विधानको प्रस्ताव पेश गरेका हुन् ।
उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले त्यसको जानकारी दिएका हुन् ।
एमालेमा वरिष्ठ नेताको यस अगाडी रहेको पदीय ब्यवस्था हटाईएको थियो । उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष राख्न महाधिवेशनमा प्रतिनिधीहरुले जोडदार माग गरेपछि वरिष्ठ उपाध्यक्षको पद थपिएको हो । यस अगाडी दुई जना उपमहासचिवको ब्यवस्था थियो । तर त्यसलाई विधान संसोधन प्रस्ताव ल्याउँदा त्यो पद हटाईएको थियो । तर अहिले एक जना उपमहासचिवको पद पनि थप गर्ने गरी उपमहासचिव विष्णु पौडेलले एमाले विधान महाधिवेशनको हलमा संसोधन प्रस्ताव ल्याएका हुन् ।
केन्द्रीय सदस्य हुन योग्यता संसोधन
एमालेको केन्द्रीय सदस्य हुनका लागि तोकिएको योग्यतामा पनि संसोधन प्रस्ताव पेश भएको छ । यस अगाडी केन्द्रीय सदस्य हुन पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुने गरी संसोधन भएको छ ।
स्थायी समितिको संख्या वढ्ने
एमालेको स्थायी समिति ४१ सदस्यीय हुने भनिएको थियो । तर अहिले ४ जनाको संख्या थप गरेर ४५ सदस्यीय बनाइने भएको छ ।
प्रदेश किमिटमा ५० आधार अंक बनाई प्रति निर्वाचन क्षेत्र बराबर ५ जना थप गर्ने गरी प्रदेश कमिटिको संख्या निर्धारण हुने गरी विधान संसोधन प्रस्ताव पेश गरेका छन् । उपत्यकाको विशेष प्रदेशमा ५० जना र प्रत्येक विभागबाट थप ५ जना थप गरेर संख्या तय हुने गरी र्धिारण गरिएको उपमहासचिव विष्णु पौडेलले बताए ।
जिल्ला कमिटिमा पनि ५० जना आधार अंक हुने र प्रदेश निर्वाचन क्षेत्रमा १५ जना थप गरेर संख्या तय हुने पौडेलले बताए ।
उपमहासचिव पौडेलले सहभागीको सुझावलाई ध्यान दिँदै नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्न ४५ सदस्यीय स्थायी कमिटी बनाइने बताए । यसअघि ४१ सदस्य भनिएको थियो ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया