आइतबार, माघ २७, २०८१

सोमबारसम्म मन्त्रीहरूले सथप लिन्छन् : प्रचण्ड

मेरोन्यूज २०७८ असोज १७ गते १६:२६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्म मन्त्रीको टुंगो लाग्ने बताएका छन्। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आज साँझसम्म मन्त्रीको नामावली टुंगो लाग्ने र सोमबारसम्म सथप लिने बताए ।

Advertisement

‘आज बिहान पनि मन्त्री टुंगो लगाउने विषयमा छलफल भएको थियो,’ प्रचण्डले भने, ‘कानुन मन्त्री आज बिहान आउनुभएको थियो, उहाँसँग पनि यही विषयमा छलफल भयो ।’

यस्तै, उनले भूमिहीन किसानको पक्षमा वर्तमान सरकारले काम गर्न आवश्यकता रहेको बताए । उनले विदेशबाट कच्चा पदार्थ ल्याउने उद्योगले आत्मनिर्भर बनाउन नसक्ने समेत बताए ।

प्रतिक्रिया