२५ लाख बराबरको पटाकासहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ असोज १७ गते १६:४६

काठमाडौं । पटका भण्डारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले शनिबार राति सर्लाही रामनगर गाउँपालिका–१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई पक्राउ गरेको हो ।
यादव कागेश्वरी मनोहरामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । त्यही गोदामबाट दुई हजार १७ किलो पटाका बरामद गरेको प्रहरीले जनाएको छ । यादवले पटकपटक ल्याएर गोदाममा पटाका भण्डारण गर्दै आएका थिए ।
बरामद पटाका करिब २५ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ७ को बिस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गर्न कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया