बुधबार, पुष १६, २०८२

नागरिकता बनाउन घुस लिने कर्मचारी पक्राउ

मेरोन्यूज २०७८ असोज १८ गते १३:४३
सांकेतिक तस्विर

काठमाडौँ । नागरिकताको प्रतिलिपि बनाउनका लागि घुस लिने कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नासु उमेश कुमार चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन ८ हजार ५ सय रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कारबाही हुने भएको छ ।

प्रतिक्रिया