मंगलबार, फागुन ६, २०८१

दिपेश पुन बने अनेरास्ववियू (क्रान्तिकारी)को महासचिव

मेरोन्यूज २०७८ असोज १८ गते १६:३०

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को महासचिवमा दिपेश पुनको नाम टुंगो लागेको छ । नयाँ नेतृत्वका लागि सर्वसम्मत रुपमा चयन हुने क्रममा महासचिवमा पुनको नाम टुंगो लागेको हो ।

Advertisement
IMEnabil

यसअघि संगठनको अध्यक्षमा पञ्चा सिंहको नाम सर्वसम्मती रुपमा टुंगो लागेको थियो । उनलाई आइतबार बिहान पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहमतिमा अध्यक्ष बनाउने निर्णय गरेका थिए ।

पुन यसअघि उपाध्यक्ष थिए । उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्रसमेत रहेका उनी जनयुद्धका लडाकुसमेत हुन् ।

प्रतिक्रिया