सिभिल ग्रुपका अध्यक्ष प्रकाउ प्रकरण : तामाङसँग ६० करोड बढीको अवैद्य सम्पत्ति

काठमाडौँ । लामो समयदेखि विवादित रहेको सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित त्यसका सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । नेपाल प्रहरीको अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी)ले संविधानसभाका पूर्व सदस्य एवं सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।
सर्वसाधारण बचतकर्ताको निक्षेपमा ४६ करोड बढीं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तामाङसहित सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेको सिआइबीका प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए ।
सीआईबीले उनीहरूलाई कार्यालयबाट पक्राउ गरिएको जनाइएको छ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । तर, संस्थाले अर्बौँ रुपैयाँ ठगी गरेको जनाइए पनि पुष्टी भने भइसकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको पनि सीआईबीले जनाएको छ ।
सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् । सहकारीमा रकम बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिएपनि उनलाई प्रहरीले पक्राउ गर्ने आँट गरेको थिएन । अहिले सरकार परिवर्तनको मौका पारेर उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । शक्तिको आडमा सधै छलिदै आएका तामाङविरुद्ध विभिन्न निकायमा उजुरी परेको थियो ।
सम्पत्ति रोक्का
दुई वर्ष अघि नै व्यवसायी तथा पूर्वसभासद् तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको थियो । तर तत्कालिन सत्तारुढ दल नेकपानिकट व्यवसायी तामाङको धेरै सम्पत्ति भने रोक्का भएको थिएन ।
सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक रहेका उनले सिभिल सहकारीसमेत चलाउँदै आएका थिए । सोही सहकारीको रकम ठगी आरोपमा सिआइबीले पक्राउ गरेको हो । शुद्धिकरण विभागले विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको बताए पनि राजनीतिक दबाबले कारवाही गर्न सकेको थिएन ।त्यतिबेला विभागले उनलाई बयानका लागि बोलाएको भएपनि उनी बयान दिन गएका थिएनन ।
उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको र विभागको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको थियो । विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको थियो । विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको छ । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, ल्होत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत रहेको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया