अमेरिकामा ३ हजार ब्यारेल पेट्रोलिय पदार्थ चुहावट, पर्यावरणमा ठूलो नोक्सान

काठमाडौँ । अमेरिकामा ठूलो मात्रामा पेट्रोलियम पदार्थ तेल चुहावट भएको छ । दक्षिणी राज्य क्यालिफोर्नियाको अरेञ्ज काउण्टी क्षेत्रको समुद्री किनारमा तेल चुहावट भएको हो ।
तेल चुहावटबाट समुन्द्रको माछा तथा सयौँ प्रकारका पंक्षीका मृत्यु भएको समाचारमा जनाइएको छ । तेल चुहावटबाट करिब १८ वर्ग किलोमिटर क्षेत्रमा प्रभाव परेको छ ।
हाल प्रभावित क्षेत्रमा सफाईको काम सुरू भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यस घटनाले पर्यावरणमा ठूलो नोक्सान ल्याएको छ ।
हंण्टिगटनका मेयर किम क्यारका अनुसार प्रशान्त महासागरमा करिब तीन हजार ब्यारेल तेल चुहावट भएको हो । उनले घटनाका बारेमा अनुसन्धान सुरू भएको जानकारी दिएका छन् ।
एम्प्लिफाई एनर्जीका सिइओ मार्टिन विल्शरले अहिले तेलको पूरै पाइपलाइन बन्द गरिएको छ । अहिले कहाँबाट तेल चुहावट भएको भन्नेबारेमा जाँच भइरहेको उनले जानकारी दिए ।
केही दिनअघि मात्रै बेलायमा पेट्रोलिय पदार्थ तेलको हाहाकार भएको थियो । जसले पूरै देशमा ठूलो मात्रामा आर्थिक समस्या देखा परेको समाचार बाहिर आएको थियो । एजेन्सी









अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया