माधव नेपालको पार्टीको बागमती प्रदेश कमिटी गठन
मेरोन्यूज
२०७८ असोज १९ गते २१:१५

काठमाडौं । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश कमिटी गठन भएको छ ।
मंगलबार सम्पन्न प्रदेश भेलाले २३१ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको हो । भेलाबाट प्रादेशिक इन्चार्ज/सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।
उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराएका छन् ।
भेलामा इन्चार्ज केदार न्यौपानेले कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गरेका थिए भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरेका थिए ।
भेलामा प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्य विभाजन तथा आवश्यकताअनुसारको जिम्मेवारी प्रदान गर्नेबारेमा छलफल भएको थियो ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया