मंगलबार, चैत २४, २०८२

मन्त्रीको नाम टुंग्याउन पौडेल समूहले डाक्यो बैठक

मेरोन्यूज २०७८ असोज २० गते १३:२४

काठमाडौं । मन्त्रीहरूको नामका विषयमा निर्णय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्ने भएको छ । पौडेल समूहको बैठक आज दिउँसो ३ बजे डा. रामशरण महतको निवास बाँसबारीमा बस्ने पौडेल समुहका एक नेताले बताए ।

Advertisement
nepal life insurencenepal life insurence

कम्तीमा तीन मन्त्री आफ्नो समूहले पाउनुपर्ने दाबी गर्दै आएको पौडेल पक्षलाई गठन्बधन व्यवस्थापनका लागि त्योभन्दा बढी संख्या नहुने जानकारी दिइएपछि पौडेल समूहले दुईजनाको नाममा निर्णय गर्न लागेको छ ।

पौडेल समूहबाट डा.मीनेन्द्र रिजाल, सुजाता कोइराला, , दिलेन्द्रप्रसाद बडु र तेजुलाल चौधरीको नाम अघि सारिएको छ । भने यी मध्ये पनि दुई जनाको मात्र नाम सिफारिस गर्न पाउँने छन् ।

पौडेल समुहका एक नेताले भने “प्रधानमन्त्रीले शपथ खुवाउन जानुअघि नाम पाउनुहुनेछ ।”

उनले समूहमा यसअघि नै सामूहिक निर्णयबाट आवश्यकता परेका दिन मात्र नाम दिने निर्णय भइसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया