बुधबार, चैत ६, २०८१

चार मन्त्रीको नाम टुङग्याउन जसपामा सकस

मेरोन्यूज २०७८ असोज २० गते १६:४६

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मन्त्रीको भागबण्डा मिलेपछि आफ्नो पार्टीबाट मन्त्री छनोट गर्न जनता समाजवादी पार्टी (जसपा)मा पनि सकस देखिएको छ ।

गठबन्धन दलहरुबीच जसपालाई चार मन्त्री दिने सहमति भएको थियो । पार्टीबाट मन्त्री चयन गर्न भन्दै पार्टी केन्द्रीय कार्यकारिणी बैठक बालकुमारीमा बसेको थियो ।

केन्द्रीय कार्य समितिको बैठकबाट मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि बैठकले तीन शीर्ष नेतालाई जिम्मा दिएको छ ।

मन्त्रीको नाम टुङग्याउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईलाई दिइएको छ ।
केन्द्रीय कार्य समितिको बैठकपछि तीन शीर्ष नेताहरु बालकुमारीमा नै आन्तरिक छलफलमा जुटेका छन् ।

जसपाको भागमा भौतिक पूर्धाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय परेको छ ।

प्रतिक्रिया