चार मन्त्रीको नाम टुङग्याउन जसपामा सकस

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच मन्त्रीको भागबण्डा मिलेपछि आफ्नो पार्टीबाट मन्त्री छनोट गर्न जनता समाजवादी पार्टी (जसपा)मा पनि सकस देखिएको छ ।
गठबन्धन दलहरुबीच जसपालाई चार मन्त्री दिने सहमति भएको थियो । पार्टीबाट मन्त्री चयन गर्न भन्दै पार्टी केन्द्रीय कार्यकारिणी बैठक बालकुमारीमा बसेको थियो ।
केन्द्रीय कार्य समितिको बैठकबाट मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि बैठकले तीन शीर्ष नेतालाई जिम्मा दिएको छ ।
मन्त्रीको नाम टुङग्याउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईलाई दिइएको छ ।
केन्द्रीय कार्य समितिको बैठकपछि तीन शीर्ष नेताहरु बालकुमारीमा नै आन्तरिक छलफलमा जुटेका छन् ।
जसपाको भागमा भौतिक पूर्धाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय परेको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया