कुमार पौडेल इन्काउन्टर प्रकरणमा सरकारी वकिल कार्यालयले लियो उजुरी

काठमाडौं । कुमार पौडेल इन्काउन्टर प्रकारण मा पीडित परिवारले घटना छानविन गर्न माग गदै दिएको उजरी जिल्ला सरकारी वकिलको कार्यलयमा आज दर्ता भएको छ । यस अगाडी घटना छानविन गर्न माग गदै परिवारले दिएको उजरी सरकारी वकिलको कार्यलयले लिन मानेको थिएन ।
गत ५ असार २०७६ सालमा विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेल प्रहरी इन्काउन्टरमा मारिएका थिए । परिवारले घटनामा तत्कालिन गृहमन्त्री रामवहादुर थापा (बादल) र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल लाई पनि घटनामा छनविन हुनुपर्ने भन्दै माग गरेपछि सरकारी वकिलको कार्यलयले उजुरी लिएको हो ।
पौडेल परिवार र विप्लव समूहले कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी गर्दै उतिबेलै प्रहरीमा जाहेरी दिन खोजे पनि जाहेरी दर्ता भएको थिएन ।
राष्ट्रिय मानवअधिकार आयोगले दोषी किटानी गर्दै छानबिन गरेर कारबाहीका लागि सिफारिस गरे पनि प्रहरीले जाहेरी लिन आनाकानी गर्दै आएको थियो ।
आयोगको निर्देशनलगत्तै कुमारकी श्रीमती जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय सर्लाही पुगे पनि त्यतिबेला प्रहरी प्रमुख खनाल नै भएकाले प्रहरीले जाहेरी लिएको थिएन ।
त्यसपछि कुमारकी श्रीमती दुर्गादेवीले उजुरी दर्ताको माग गर्दै दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उजुरी दर्ता गरेर अनुसन्धान थाल्न १२ असोजमा आदेश दिएको थियो ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पुस ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया