मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धको बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तापक्ष गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल हुने बताइएकाे छ ।
यसअघि सत्ता गठबन्धका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको बसेको बैठकले मन्त्रालयको भागवन्डा मोटामोटी गरेपनि केही मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ । मन्त्री थोरै र सानो मन्त्रालय दिएको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।
बालुवाटारमा सत्ता पक्षको बैठक वस्नु अगाडी नेकपा एसको स्थायी कमिटिको बैठक बसेको थियो । बैठकले मन्त्रालयको संख्या र मन्त्रालयका विषयमा एकचरण सत्ता गठवन्धन दलको बैठकमा अध्यक्ष माधव नेपालले कुरा राख्ने निर्णय गरेर नेपाललाई जिम्मा दिएर पठाएको छ ।
मन्त्रालयको संख्या नबढाए सरकारमा नजाने उसले बताएको छ । तर, गठबन्धनका दुई ठुला दल कांग्रेस र माओवादीले अब मन्त्रीमा हेरफेर नगर्ने संकेत दिएका छन् । आज बस्ने गठबन्धनको बैठबले एक दुई दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी छलफल गर्ने जनाइएको छ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया