स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पदबाट हट्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफैसँग राख्न चाहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेसँगै व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् । उनलाई देउवाले गत साउत १० गते राज्यमन्त्री नियुक्त गरेका थिए ।
राज्यमन्त्री भएको ७५ दिनमा श्रेष्ठ जिम्मेवारी मुक्त हुने भएका हुन् । सुरूका दिनमा विवादमा आएका उनी पछिल्लो समय केही राम्रो काम गर्ने कोशिस गरेसँगै चर्चामा आएका थिए ।
राज्यमन्त्री भएपछि मन्त्री श्रेष्ठले सुरक्षाबाहेक राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका थिए । मन्त्रालय भागबण्डामा स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि उनी पदबाट हट्ने पक्का भएको हो ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले बिहीबारको बैठकबाट मन्त्रालय बाँडफाँट टुंग्याएर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका हुन् ।














कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया