स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पदबाट हट्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफैसँग राख्न चाहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेसँगै व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् । उनलाई देउवाले गत साउत १० गते राज्यमन्त्री नियुक्त गरेका थिए ।
राज्यमन्त्री भएको ७५ दिनमा श्रेष्ठ जिम्मेवारी मुक्त हुने भएका हुन् । सुरूका दिनमा विवादमा आएका उनी पछिल्लो समय केही राम्रो काम गर्ने कोशिस गरेसँगै चर्चामा आएका थिए ।
राज्यमन्त्री भएपछि मन्त्री श्रेष्ठले सुरक्षाबाहेक राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका थिए । मन्त्रालय भागबण्डामा स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि उनी पदबाट हट्ने पक्का भएको हो ।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले बिहीबारको बैठकबाट मन्त्रालय बाँडफाँट टुंग्याएर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका हुन् ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया