कालापानी, लिपुलेक र लिपुलेक मा गणक पठाउन माग
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्वियुले आगामी कात्तिकमा हुने राष्ट्रिय जनगणना २०७८ मा नेपालको नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त स्थानमा हालसम्म गणक नपठाएकाले तत्काल पठाउन माग गरेकी हुन् । सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर नभएको विज्ञप्तिमा बताइएको छ ।
संगठनले दसैँ, तिहार र छठ जस्ता ठूला पर्वको मुखमा भइरहेको कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न र तत्काल संयन्त्र बनाई काम सुरु गर्न सरकारसमक्ष आग्रह गरेको छ । हालै सार्वजनिक यातायातमा वृद्धि गरेको ३५ प्रतिशत भाडादर वृद्धिले सर्वसाधारण अत्यन्तै मर्कामा परेको भन्दै उक्त भाडादर घटाउनु पर्ने माग गरिएको छ ।









गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया