यस्तो बन्यो देउवा नेतृत्वको मन्त्रिपरिषद् (सूचिसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री चयन भएका देउवाले चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
देउवाले मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक बनाएका छन् ।
यस्तै, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठ भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्र प्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, महेन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास, रामसहाय प्रसाद यादव वन तथा वातावरण, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, प्रेमबहादुर आले संस्कृति पर्यटन तथा नागरिक उड्यन,
रामकुमारी झाँक्री सहरी विकास, महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री बनाइएको छ ।
बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री र भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् हेरफेरबारेमा जानकारी दिएका हुन् ।
कसलाई के जिम्मेवारी (नामावली)

















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया