नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई दिने निर्णय
मेरोन्यूज
२०७८ असोज २२ गते १७:२२

काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् । नोबेल पुरस्कारको कमिटीले शुक्रबार दुई पत्रकारलाई शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
दुवै जनाले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदानस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ, ‘दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षा गर्ने प्रयास गरेका छन्, जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’
मारिया रेस्सा फिलिपिन्सकी पत्रकार हुन् भने दिमित्री मुरातोव पनि पत्रकार हुन् ।
सम्बन्धित
प्रतिक्रिया