वैदेशिक रोजगार एशोसिएसनले मागे आफ्नो धरौटी

काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनले व्यवसायीले राखेको धरौटी रकम केही समयका लागि व्यवसायीलाई फिर्ता गर्न माग गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेसँग भेट गर्न पुगेकोे एशोसिएसनको टोलीले धरौटीबापतको रकम निश्चित समयका लागि फिर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
एशोसिएसनका अध्यक्ष नरेन्द्र ढकालको नेतृत्तको टोलीले इराक घटनाको समयमा धरौटी रकम फिर्ता गरिएको नजिर रहेको भन्दै यसका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण थला परेको व्यवसायलाई चलायमान बनाउन पनि व्यवसायीले जम्मा गरेको ५० लाख रुपैयाँ व्यवसायीले केही समयका लागि चलाउन पाए राहत हुने उनले बताए । इराक घटनाको समयमा व्यवसायीले राखेको ५ लाख रुपैयाँ धरौटी रकम व्यवसायीले चलाउन पाएको नजिर प्रस्तुत गर्दै व्यवसायीलाई राहत दिनका लागि यस्तो गर्नु पर्ने उनको सुझाव छ ।
महानिर्देशक काफ्लेले धरौटी रकम सोधभर्ना गर्न पाउने विषयमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संकटको समयमा सञ्चालन गर्ने गरी जम्मा गरिएको रकम कोभिडले समस्या उत्पन्न भएको समयमा व्यवसायीलाई सोधभर्ना गर्ने विषयमा विभागले पहल गर्ने उनले बताए ।
यसैबीच एशोसिएसनको टोलीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट १० हजार रुपैयाँ मात्रै लिने भनी तोकिएको सेवा शुल्क व्यवहारिक नभएको बताएको छ । सेवा शुल्कको नाममा श्रमिक र सरकार मर्कामा परेको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने एसोसिएसनका प्रथम उपाध्यक्ष अर्यालले बताएका छन् । अहिलेको १० हजार मात्रै लिन पाउने व्यवस्थाले राज्यको राजस्वमा समेत कमी आएको भन्दै यसबाट श्रमिक ठगिएको उनले बताए ।
सरकारले कोरिया र इजरायल श्रमिक पठाउन लाखौँ रकम लिने गरेको भन्दै व्यवसायीलाइ १० हजार मात्रै लिन भन्नुले सरकारले इजाजत दिएका व्यवसायीलाई रोकेर आफै व्यापार गर्न खोजेको जस्तो देखिएको व्यवसायीहरूले बताएका छन् ।
योसँगै मागपत्र प्रमाणीकरणको कार्य गर्नका लागि श्रम मन्त्रालका कर्मचारी खटाउन पनि एशोसिएसनले माग गरेको छ । दूतावासबाट हुने माग प्रमाणीकरण कार्यमा परराष्ट्र मन्त्रालका कर्मचारी हुँदा समस्या भएको एशोसिएसनले जनाएको. छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया