अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो

काठमाडौँ । अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो ।
नेपालमा दुई हजार ७ सय हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो । उनले भने, “साना किसान विस्थापित भएका छन् ठूला स्थापित हुँदैछन् ।”
अण्डा उत्पादन क्षेत्रमा मात्रै ४० हजार हाराहारीले रोजगारी पाएको उनको भनाइ छ । नेपालमा अण्डामा आत्मनिर्भर छ । ठूला फर्म सञ्चालनमा आएसँगै साना विस्थापित हुँदासमेत मागलाई जेनतेन धान्दै आएका छन् ।
विश्व अण्डा दिवसको सन्दर्भमा पोल्ट्री व्यवसायी मञ्चले सन्देश प्रवाह गर्दै अण्डाको उपभोग बढाउन आह्वान गरेको छ । सन्देशमा अण्डामा पाइने एन्टी अक्सिडेनटले बुढ्यौली र हृदयघात रोक्न मद्दत गर्ने जनाइएको छ ।
आँखाको शक्ति बढ्ने र मोतीयाविन्दुको रोकथाम हुने, प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत बनाउने, रक्त अल्पताबाट बचाउने, रोग प्रतिरोधी क्षमता, जवानीपन र स्मरण शक्ति बढाउने र अधिक तौल (मोटोपना) घट्न गइ फुर्तिलो बनाउन सहयोग गर्ने जनाइएको छ ।
मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेद्वारा जारी सन्देशमा स्वास्थका लागि अत्यावश्यक, पूर्णपाचनशिल, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उल्लेख छ ।
विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीको सन् १९९६ मा इन्टरनेशनल एग कमिशन स्थापना भएको र हरेका अक्टुवर महिनाको दोश्रो शुक्रबार विश्व अण्डा दिवस मनाउने परम्परा रही आएको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया