रेमिट्यान्स घटेसँगै आर्थिक सुधारमा समस्या

काठमाडौँ । वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा गिरावट आएसँगै अर्थतन्त्रमा समस्या देखिने भएको छ । यद्यपि, केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक अवस्थामा सुधार आउने बताएको थियो ।
विश्व बैंकले कोरोना खोप लगाएसँगै नेपालको आर्थिक सुधार हुने बताएको हो । तर, रेमिट्यान्समा देखिएको निराशापनले आर्थिक अवस्थतामा चोट पुर्याउनेमा देखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो महिना गत श्रावणमा रेमिट्यान्स १८.१ प्रतिशतले घटेर रु. ७५ अर्ब ९६ करोडमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा २३ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स दशैँको मुखैमा कम हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पर्ने देखिएको हो । गत वर्षको साउन महिनामा भने रु. ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको थियो ।
गत आर्थिक वर्षमा समग्रमा ९ प्रतिशले रेमिट्यान्स बढेको देखिए पनि आर्थिक वर्षको अन्तिमतिर घट्न थालेको रेमिट्यान्स नयाँ आर्थिक वर्षको सुरुआतदेखि नै ऋणात्मक बनेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको नेपालमा रेमिट्यान्समा आएको गिरावटले समग्र आर्थिक अवस्थामा प्रभाव पार्ने सम्भावना प्रष्ट छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष २४ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको कारोबारको साराशं चालु खाता चालु आर्थिक वर्षको सुरुआतमा ४७ अर्ब ९० करोडले ऋणात्मक अवस्थामा पुगेको छ । यस्तै शोधनान्तर स्थितिसमेत अहिले ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको देखिएको छ ।
अघिल्लो वर्ष यही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो । यस्तो अवस्थामा विदेशी मुद्रा विनियम सञ्चिति समय घटेको बताइएको छ । साउन महिनामा यस्तो सञ्चिति रकम १३ खर्ब ९९ अर्ब रुपैयाँबाट १३ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको देखिएको छ । यो संख्या अघिल्लो महिनाको तुलनामा ४६ अर्बले कमी हो ।
पछिल्लो समय आयात–निर्यात असन्तुलन पनि निकै बढेको छ । चालु आवको साउन–भदौमा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.८६ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । दुई महिनामा निर्यात भने ४४ अर्ब रुपैयाँ बराबरको भएको राष्ट्र बैंकको तत्थ्यांकमा उल्लेख छ ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।















यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया