कविता सङ्ग्रह ‘छन्द लहरी’ विमोचन
काठमाडौँ । साहित्यकार गणेश आत्रेयद्वारा रचित कविता सङ्ग्रह ‘छन्द लहरी’ को पाल्पामा विमोचन भएको छ । साहित्यकार तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कृतिको विमोचन गरेका हुन् ।
‘छन्द लहरी’ मा १२१ कविता समेटिएको छ । धवल पुस्तकालय पाल्पाद्वारा आयोजित कार्यक्रममा कवितामा दार्शनिक चेतना, ईश्वरप्रतिको भरोसा, वर्तमान समाजमा देखिएको विकृतिप्रतिको चिन्ता, श्रमप्रतिको सम्मान, सामूहिक चेतना प्रतिबिम्वित रहेको ज्ञवालीले बताए ।
साहित्य सिर्जनाले वर्तमान समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै आत्मविश्वास जगाउन सचेत रहनु पर्ने ज्ञवालीको धारणा थियो । वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कवि आत्रेयको ‘छन्द लहरी’ कर्ममा आधारित चेतनामूलक कृति रहेको औँल्याए ।
साहित्यकार तथा समालोचक डा शंकरप्रसाद गैरेले कृतिमा १२१ कविता समेटिएको पठनीय सामग्री रहेको बताए ।














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया