बिहीबार, जेठ १, २०८२

प्रधानमन्त्रीले भने : योग्य साथीलाई मन्त्री बनाउन सकिनँ, दुःखी छु

मेरोन्यूज २०७८ असोज २३ गते ११:४४
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् । उनले गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान नेतालाई मन्त्री बनाउन नसकेको बताएका हुन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मन्त्री मण्डल विस्तार भएको भोलिपल्टै आफू दुःखी भएको बताएका थिए । यसअघि प्रधानमन्त्रीमाथि मन्त्री मण्डल विस्तार गर्न नसकेको आरोप लाग्दै आएको थियो र

‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन,’ प्रधानमन्त्री देउवाले भने, ‘यसमा म दुःखी छु ।’

शुक्रबार मात्रै प्रधानमन्त्री देउवाले १६ मन्त्रीसहित २ राज्यमन्त्री थपेर मन्त्री मण्डल विस्तार गरेका थिए । आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि उनले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

मन्त्रिपरिषद विस्तारमा नेपालगञ्जका काँग्रेस नेता तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरका आफन्त गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री विवादित बन्दै आएका छन् ।

प्रतिक्रिया