कांग्रेसको चुनावी समीक्षाका लागि सभापति थापा आज मधेस जाँदै
मेरोन्यूज
२०८२ चैत २५ गते १०:१४

नेपाली कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि सभापति गगन थापा जनकपुर जाँदै छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा सभापति थापाको सहभागितामा कार्यक्रम गर्न लागेको हो।
फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.अमरेशकुमार सिंहसँग पराजित भएपछि थापा आज पहिलो पटक मधेस जान लागेका हुन्।
सबै प्रदेशमा हुने समीक्षा कार्यक्रममा क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशका केन्द्रीय सदस्य, समानुपातिक तर्फका उम्मेदवारहरू, प्रदेशका पदाधिकारीहरूसँग सभापति थापा सहभागी हुने जनाइएको छ ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया