बुटवलमा गोली लागेर ३ जनाको मृत्यु, प्रहरीसहित ३१ जना घाइते
मेरोन्यूज
२०७८ असोज २४ गते १९:२५
काठमाडौँ । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएका छन् ।
गोली लागेर घाइते भएकाहरूलाई भैरहवा मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनामा १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भएका छन् ।
आइतबार बिहानदेखि मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झडप भएको थियो । दिउँसो अवस्था नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले अर्को सूचना नआउँदासम्म कफ्र्यू लगाउने घोषणा गरेको थियो ।
हाल घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटाइएको छ ।
सम्बन्धित












कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया