बिहीबार, जेठ १, २०८२

जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

मेरोन्यूज २०७८ असोज २५ गते ६:५५

काठमाडौँ । अछाममा जन्ती बोकेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका १ मा आइतबार राति से १ च १७६३ नम्बरको जीप दुर्घटना भएको हो ।

सुदूूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका ३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको हो ।

जैसीको घटनास्थलमा र बाँकी तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज लगिएको छ । जीप करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया