३ किलो यार्सागुम्बासहित दुईजना पक्राउ
मेरोन्यूज
२०७८ असोज २५ गते १२:५२
काठमाडौं । ३ किलो यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत दुईजनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया