मोतीपुर घटनापछि गृहमा सुरक्षा समितिको बैठक
औद्योगिक क्षेत्रको जग्गालाई अतिक्रमण गर्न नदिन चारवटै सुरक्षा निकायलाई निर्देशन

काठमाडौँ । बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरु र प्रहरीबीच झडपको घटनापछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति थियो ।
वैठकमा मन्त्री खाँणले कुनैपनि हालतमा औद्योगिक क्षेत्रको जग्गालाई अतिक्रमण गर्न नदिनका लागि आवश्यक सुरक्षा व्यवस्थापन मिलाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेका थिए । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी कारवाही गर्दै गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने ४९ प्रहरी र १६ सर्वसाधारण घाइते भएका थिए । घाइते मध्ये ४ सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको छ ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया