मंगलबार, फागुन १९, २०८२

सेयर बजारमा उतारचढाव : किन भईरहेछ यस्तो ?

किरण अधिकारी २०७८ असोज २५ गते १६:५६

पछिल्लो समय अधिकांश व्यक्ति शेयर बजारमा आकर्षित हुन थालेका छन् । धेर्रैजसोले मोबाइलमा शेयर कारोबार दैनिक हेर्ने गर्छन् । आफूले किनेको कम्पनीको साधारण शेयरको मूल्य घटेकोमा आत्तिने, बढेकोमा खुसी हुने क्रम बढीरहेको देख्न सक्छौं ।

Advertisement
nepal life insurencenepal life insurence

युवा, वयस्क र वृद्धवृद्धा सवैजसो अतिरित्त खर्च बचाएर अहिले शेयरमा लगानी गर्न आर्कर्षित हुन थालेको र यसले आर्थिक प्रगतिको बाटो खोलेको शेयर लगानीकर्ता नवराज अधिकारी बताउँछन् । शंकरदेव क्याम्पसका उपप्राध्यापक एंव शेयर लगानीकर्ता रविन्द्र भट्टराईले नेपालका शेयर बजारमा विभिन्न कम्पनीले सर्वसाधारणको सहभागिताका लागि बाटो खुला गरेपनि विभिन्न नीति र राजनितीका कारण छिटो छिटो उतार चढावसँगै शेयर बजारमा फेरबदलको संकेत देखिएको जानकारी दिए ।

उनले भने, ‘केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजार घटाउने एंव बढाउने भएकाले पनि शेयर सिक्दै लगानी गर्ने सर्वसाधारणलाई त्रास बनाउँछ, यो राम्रो होइन, योसँगै विभिन्न समयमा परिवर्तन हुने अर्थमन्त्री र गर्भनरको शेयर अज्ञानताका कारण ल्याईने नीतिले समेत समस्या देखिएको हो तर सर्वसाधारण शेयर घट्यो भन्दैमा आत्तिन नहुने र बढ्दैमा मात्तिन हुँदैन ।’

शेयर बजारमा फाइदा लिनेले धितोकर्जासँगै ओभर ड्राफ्ट बढेकाले सरकारले गरेको १२ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा सीमाले बजारमा कुनै असर नपर्ने शेयर विश्लेषक समेत रहेका भट्टराईको दाबी छ । तर नेपाल राष्ट्र बैंक यो मान्न तयार छैन । केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले एक घर परिवारका सदस्यलाई एउटै ऋणीका रुपमा मानिएकाले एकै घरकाले एक संस्थाबाट ४ करोड र सबै कम्पनीबाट गरेर १२ करोड रुपैयाँभन्दा बढीको शेयर लिने भएकाले धितोकर्जामा कडाई गरेको जानकारी दिए ।

उनले भने, ‘शेयर बजारमा जुनसुकै कम्पनीको शेयर कित्तालाई प्रभावित पार्न बनाएको नीति होइन, १२ करोड भन्दा पनि फाइदा प्रणालीमा शेयर धितोमा कर्जा लिने १ सय ६२ जना, ४ करोड रुपैयाँभन्दा माथिको २ सय ३६ जना सहित ८ हजार ५ सय ६४ जनाले ४ अर्ब ३७ करोड ३ लाख ७२ हजार ३ सय ६४ रुपैयाँ शेयर धितोमा ऋण देखिएकोले केही कडाइ गरिएको हो ।’

प्रवक्ता ढकालले शेयर बजारमा असर पार्ने नभएर बैंक तथा वित्तिय संस्थाले कुन क्षेत्रमा ऋण बढी दिएर धरापमा पर्ने देखिएको छ, त्यसैले जोखिम न्यूनिकरणका लागि नीति ल्याएको दाबी गरे । यस्तै, नेपालको शेयर बजार केही सिमित व्यक्तिको हातमा भएकाले पनि शेयर कारोबारमा केही समस्या देखिएको छ । नेपालको शेयर बजारमा सबैभन्दा धेरै शेयर व्यवसायी, उद्योगी, बैंकिङ क्षेत्रका व्यक्ति, ठूला आयोजनाका व्यक्ति, उनका परिवार देखिएकाले पनि समयानुसार नीति नियमको आवश्यकता देखिएकोमा दुईमत छैन ।

तर पनि राज्य संयन्त्रले शेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै राजश्व संकलनमा बाधा ल्याएको प्रष्ट देखिन्छ । राष्ट्र बैंकका सञ्चालक समितिका पूर्व सदस्य विश्वम्भर प्याकुरेलले शेयर कारोबारबाट राज्यलाई पूँजीगत लाभ, लाभांश कर, नेपाल स्टक एक्सचेञ्ज, केन्द्रीय निक्षेप सेवा, धितोपत्र दलाल, शेयर मर्चेन्ट बैंकर, निक्षेप सदस्य, ति संस्थामा कार्यरत कर्मचारीबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजश्व संकलन हुने भएकाले कडाई नगर्न सरकारलाई सुझाब दिए ।

प्रतिक्रिया