घुमघाम
खप्तड किन घुम्न जाने ?
"रातभर डेउडा नाचगान गरेर बिहान त्रिबेणीमा नुहाई धुवाई गरेर तिर्थालु बाटो लाग्छन् "

खप्तडलाई भु–स्वर्ग भनिन्छ । हाम्रो पुराणमा संस्कृत भाषामा त्यसलाई खिर्तर भनिएको छ । खिर्तर भनेको देवि देवता बस्ने ठाँउ । देवी देवता बस्ने ठाँउ भएकोले पनि यसलाई भु–स्वर्ग भनिएको हो । सुन्दरता, सांस्कृतिक, भौगोलिक र धार्मिक् हिसावले पनि खप्तड स्वर्ग नै हो ।
पर्यटकीय सौन्र्दयता, प्राकृतिक सौन्दर्यता, जैविक विविधताका हिसबले पनि खप्तड आफैमा एउटा महत्वपूर्ण क्षेत्र हो । यो सेती अञ्चलको डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको मुटुको रुपमा रहेको छ । यहाँ जान डोटी, बाजुरा, अछाम, बझाङबाट पनि सकिन्छ । पश्चिमतर्फबाट जानेलाई डोटीको शैलेश्वरीको दर्शन गर्ने, खप्तड जाने कार्यक्रम छ । तर छोटो बाटो, उकालो कम गर्नको लागि बझाङको छान्ना भएर जान सकिन्छ ।
पृथ्वी राजमार्ग हुँदै तमैल भन्ने ठाउँमा पुगिने, सेति नदिमा पुल निमार्ण भइरहेको छ । छान्ना भएर दारु गाउँ हुँदै त्यहाँबाट खप्तड जान सकिन्छ । यहाँबाट उकालो कम पर्छ । डेडेल्धुराबाट त्यहाँ पुग्न सेति नदिको किनारै–किनार जान लामो बाटो छ ।
खप्तडका विशेषता
आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । उहिल्यै युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए रे । स्कन्द पुराणमा खप्तडको चर्चा छ । त्यहाँ ‘खेचराद्री’ भनिएको छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ । त्यहाँ त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक सम्पदा छन् । त्रिबेणीधाममा गंगा दशहराका बेला (जेठ–असार)मा ठूलो मेला लाग्छ । रातभर डेउडा नाचगान गरेर बिहान त्रिबेणीमा नुहाई धुवाई गरेर तिर्थालु बाटो लाग्छन् । त्यसरी नुहाए पाप पखालिने जनविश्वास छ । जैबिक विविधताको फूलबारी खप्तडमा २२ वटा पाटन छन् । त्यहाँ सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटी पाइन्छ । बझाङे पा पनि पाइन्छ ।

खप्तडका विशेषतामा प्रत्येक ऋतुमा आफ्नो रङ फेर्छ, बाघबुँटे निङला छन्, डाँफे मुनाल छन्, शिखर मालिकाको ठुलो स्थान छ । फिपर, खाकरको पनि मुलथलो हो । विशेष गरी नेपालीभाषाको उद्गमस्थल पनि हो खप्तड । खप्तडको डाँफे कोटबाट भएको हो ।
इतिहासका दृष्टिकोणले पनि यसको महत्व छ । विभिन्न किसिमका फुल त्यहाँ फुल्छन् । बर्षातको समयमा बाघबुँटे निगला जस्तै जल बिछ्या जस्तै यो पृथ्वी, यो धर्ति हो । त्यो सिंगारिएको छ ।
विभिन्न ऋतुमा एउटै रुखमा सात प्रकारका लालीगुँरासका फुल फुल्छन् । सप्तरंगी लालिगुराास फुल्छ । कतै पच्च रंगी हुन्छ । इन्दे्रणीका सात रंग जस्तै एउटै रुखमा देखिन्छ ।
खप्तड जाादा के लग्ने ?
खप्तड वर्षायाममा जानु हुँर्दैन । विकास भएको छैन । त्यहाँ खाने कुरा पाइन्छ भन्छन् तर त्यहाँ गइसके पछि केही पाइदैन । अमिलो, खुसानीको अचार लग्नु पर्छ । लेकलाग्न सक्छ । लेकबाट बच्न अचार लग्नु पर्छ । फस्टफुड लग्नु पर्छ ।
बदाम, किसमिस,काजु, छुरा, यस्तो कुरा लग्नु पर्छ । राष्ट्रिय निकुञ्जको नजिक पुगेपछि होटलहरु पाउँछन् । खाना पाउँछन् । डोटीबाट गयो भने बिच बाटोमा होटल छ । त्यहाँ खाना पाँउछ । तर धेरै जस्तो भने जंगल छ । वृहत राष्ट्रिय निकुञ्ज हो । त्यहाँ जान प्रायः एक दुई दिनको लागि खाना पुग्ने गरेर आफूले फाटफुट बोकेर लग्नु पर्छ ।
नेपाली सेनाको ब्यारेक नजिक होटल चलाएको छ तर उनीहरुको पनि व्यवस्था नभएको हुन सक्छ । त्यसकारण पनि आफूले व्यवस्था गरेर राम्रो ।
खप्तड विकास
अव विस्तारै विकास हुँदै जान्छ । पर्यटन बोर्ड, खप्तड विकास समिति त्यो पनि लागि परेको छ । पर्यटन बोर्ड पनि लागि परेको होला । विशेष रुपमा त्यहाँ राष्ट्रिय निकुञ्ज छ । राष्ट्रिय निकुञ्जबाट गाइड पाउछन् । तिनीहरुसँग समन्वय गरेपछि राष्ट्रिय निकुञ्जमा घुमाइ दिन्छन् । विभिन्न २२ वटा समथर भूभाग (पाटन)छन् । विभिन्न थुम्का छन् । खप्तड पुगे तल आउन मन लाग्दैन ।
पुराणमा स्वर्गको वर्णन सुनेका हुन्छौ त्यो वणन सबै त्यहा पाउन सकिन्छ । बसोबासको व्यवस्थाका लागि गेस्ट हाउस छन् त्यहाँ । राष्ट्रिय निकुञ्जले बनाएका छन् । अहिले पर्यटन विकास बोर्डले पनि बनाएको छ । धेरै ठुलो संख्याका लागि तल त्रिवेणीमा ठुलो ठुलो समूहका लागि व्यवस्था छ ।

विभिन्न समयमा असिना पानी बर्षिन्छ । यात्रुहरुलाई आपत विपत हुन्छ । त्यसकारण रुख विरुवापनि केही नभएको ठाउमा असिना पानीले मानिसलाई परिसान गर्छ ।
कसरी पुग्ने ?
काठमाडौं–धनगढी ६५० किमि । बसमा १४ घन्टा । धनगढी–सिलगढी २०० किमि । बसमा आठ घन्टा । काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा । डोटी सदरमुकाम सिलगढीबाट पदयात्रामा पहिलो बास झिग्राना र झिग्रानाबाट ८ घन्टा पदयात्रामा निकुञ्जको मुख्यालय पुग्न सकिन्छ ।
साहित्यकार जोशीसँग मेरोन्यूजकर्मी हरीभट्टले गरेको कुराकानीको आधारमा)
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया