मंगलबार, फागुन ६, २०८१

घुमघाम

खप्तड किन घुम्न जाने ?

"रातभर डेउडा नाचगान गरेर बिहान त्रिबेणीमा नुहाई धुवाई गरेर तिर्थालु बाटो लाग्छन् "

पदमराज जोशी, साहित्यकार २०७८ असोज २६ गते १९:३०

खप्तडलाई भु–स्वर्ग भनिन्छ । हाम्रो पुराणमा संस्कृत भाषामा त्यसलाई खिर्तर भनिएको छ । खिर्तर भनेको देवि देवता बस्ने ठाँउ । देवी देवता बस्ने ठाँउ भएकोले पनि यसलाई भु–स्वर्ग भनिएको हो । सुन्दरता, सांस्कृतिक, भौगोलिक र धार्मिक् हिसावले पनि खप्तड स्वर्ग नै हो ।

Advertisement
IMEnabil

पर्यटकीय सौन्र्दयता, प्राकृतिक सौन्दर्यता, जैविक विविधताका हिसबले पनि खप्तड आफैमा एउटा महत्वपूर्ण क्षेत्र हो । यो सेती अञ्चलको डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको मुटुको रुपमा रहेको छ । यहाँ जान डोटी, बाजुरा, अछाम, बझाङबाट पनि सकिन्छ । पश्चिमतर्फबाट जानेलाई डोटीको शैलेश्वरीको दर्शन गर्ने, खप्तड जाने कार्यक्रम छ । तर छोटो बाटो, उकालो कम गर्नको लागि बझाङको छान्ना भएर जान सकिन्छ ।

पृथ्वी राजमार्ग हुँदै तमैल भन्ने ठाउँमा पुगिने, सेति नदिमा पुल निमार्ण भइरहेको छ । छान्ना भएर दारु गाउँ हुँदै त्यहाँबाट खप्तड जान सकिन्छ । यहाँबाट उकालो कम पर्छ । डेडेल्धुराबाट त्यहाँ पुग्न सेति नदिको किनारै–किनार जान लामो बाटो छ ।

खप्तडका विशेषता

आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । उहिल्यै युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए रे । स्कन्द पुराणमा खप्तडको चर्चा छ । त्यहाँ ‘खेचराद्री’ भनिएको छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ । त्यहाँ त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक सम्पदा छन् । त्रिबेणीधाममा गंगा दशहराका बेला (जेठ–असार)मा ठूलो मेला लाग्छ । रातभर डेउडा नाचगान गरेर बिहान त्रिबेणीमा नुहाई धुवाई गरेर तिर्थालु बाटो लाग्छन् । त्यसरी नुहाए पाप पखालिने जनविश्वास छ । जैबिक विविधताको फूलबारी खप्तडमा २२ वटा पाटन छन् । त्यहाँ सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटी पाइन्छ । बझाङे पा पनि पाइन्छ ।

खप्तडका विशेषतामा प्रत्येक ऋतुमा आफ्नो रङ फेर्छ, बाघबुँटे निङला छन्, डाँफे मुनाल छन्, शिखर मालिकाको ठुलो स्थान छ । फिपर, खाकरको पनि मुलथलो हो । विशेष गरी नेपालीभाषाको उद्गमस्थल पनि हो खप्तड । खप्तडको डाँफे कोटबाट भएको हो ।

इतिहासका दृष्टिकोणले पनि यसको महत्व छ । विभिन्न किसिमका फुल त्यहाँ फुल्छन् । बर्षातको समयमा बाघबुँटे निगला जस्तै जल बिछ्या जस्तै यो पृथ्वी, यो धर्ति हो । त्यो सिंगारिएको छ ।

विभिन्न ऋतुमा एउटै रुखमा सात प्रकारका लालीगुँरासका फुल फुल्छन् । सप्तरंगी लालिगुराास फुल्छ । कतै पच्च रंगी हुन्छ । इन्दे्रणीका सात रंग जस्तै एउटै रुखमा देखिन्छ ।

खप्तड जाादा के लग्ने ?
खप्तड वर्षायाममा जानु हुँर्दैन । विकास भएको छैन । त्यहाँ खाने कुरा पाइन्छ भन्छन् तर त्यहाँ गइसके पछि केही पाइदैन । अमिलो, खुसानीको अचार लग्नु पर्छ । लेकलाग्न सक्छ । लेकबाट बच्न अचार लग्नु पर्छ । फस्टफुड लग्नु पर्छ ।

बदाम, किसमिस,काजु, छुरा, यस्तो कुरा लग्नु पर्छ । राष्ट्रिय निकुञ्जको नजिक पुगेपछि होटलहरु पाउँछन् । खाना पाउँछन् । डोटीबाट गयो भने बिच बाटोमा होटल छ । त्यहाँ खाना पाँउछ । तर धेरै जस्तो भने जंगल छ । वृहत राष्ट्रिय निकुञ्ज हो । त्यहाँ जान प्रायः एक दुई दिनको लागि खाना पुग्ने गरेर आफूले फाटफुट बोकेर लग्नु पर्छ ।

नेपाली सेनाको ब्यारेक नजिक होटल चलाएको छ तर उनीहरुको पनि व्यवस्था नभएको हुन सक्छ । त्यसकारण पनि आफूले व्यवस्था गरेर राम्रो ।

खप्तड विकास
अव विस्तारै विकास हुँदै जान्छ । पर्यटन बोर्ड, खप्तड विकास समिति त्यो पनि लागि परेको छ । पर्यटन बोर्ड पनि लागि परेको होला । विशेष रुपमा त्यहाँ राष्ट्रिय निकुञ्ज छ । राष्ट्रिय निकुञ्जबाट गाइड पाउछन् । तिनीहरुसँग समन्वय गरेपछि राष्ट्रिय निकुञ्जमा घुमाइ दिन्छन् । विभिन्न २२ वटा समथर भूभाग (पाटन)छन् । विभिन्न थुम्का छन् । खप्तड पुगे तल आउन मन लाग्दैन ।

पुराणमा स्वर्गको वर्णन सुनेका हुन्छौ त्यो वणन सबै त्यहा पाउन सकिन्छ । बसोबासको व्यवस्थाका लागि गेस्ट हाउस छन् त्यहाँ । राष्ट्रिय निकुञ्जले बनाएका छन् । अहिले पर्यटन विकास बोर्डले पनि बनाएको छ । धेरै ठुलो संख्याका लागि तल त्रिवेणीमा ठुलो ठुलो समूहका लागि व्यवस्था छ ।

विभिन्न समयमा असिना पानी बर्षिन्छ । यात्रुहरुलाई आपत विपत हुन्छ । त्यसकारण रुख विरुवापनि केही नभएको ठाउमा असिना पानीले मानिसलाई परिसान गर्छ ।

कसरी पुग्ने ?
काठमाडौं–धनगढी ६५० किमि । बसमा १४ घन्टा । धनगढी–सिलगढी २०० किमि । बसमा आठ घन्टा । काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा । डोटी सदरमुकाम सिलगढीबाट पदयात्रामा पहिलो बास झिग्राना र झिग्रानाबाट ८ घन्टा पदयात्रामा निकुञ्जको मुख्यालय पुग्न सकिन्छ ।
साहित्यकार जोशीसँग मेरोन्यूजकर्मी हरीभट्टले गरेको कुराकानीको आधारमा)

प्रतिक्रिया