रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र जर्मन चान्सलर मार्केलबीच फोनवार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मार्केलबीच फोनवार्ता भएको छ ।
उनिहरुका बीचमा युक्रेनका विषयमा कुराकानी भएको रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो फोनवार्ताका क्रममा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको हिंसाको अन्त्यका लागि कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनका कतिपय स्थानमा पछिल्लो समयमा हिंसा जारी रहेको छ । युक्रेनको हिंसा रोक्नका लागि भन्दै सन् २०१५ मा मिन्स्क सम्झौताका भएको थियो । तर सो सम्झौतापछि पनि हिंसा रोकिएको छैन । यहाँ पछिल्ला केही समयमा द्धन्द्ध चर्किएको छ । यसबाट कैयौँ नागरिक विस्थापित पनि भएका छन् ।
पछिल्ला दिनहरुको सो आन्तरिक द्धन्द्ध रोक्नका लागि भन्दै उहाँहरुबीचमा आवश्यक छलफल र परामर्श भएको बताइएको छ । साथै रुसी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा अरु पनि कतिपय अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि कुराकानी भएको बताइएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया