कलाकारले कसरी मनाउँदै छन् दशैं ?

दशैं नेपाली हिन्दुहरुको सबैभन्दा ठूलो एंव विशेष चाड हो । हिन्दू धर्मालम्बीले आश्विन शुक्ल प्रतिपदाका दिनबाट नवमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाउने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ पनि भनिन्छ । त्यसो त टाढा टाढाबाट आफन्तकहाँ जानका लागि समय नपुग्ने भएकाले पञ्चमीसम्म दशै मान्ने गरिन्छ ।
दशैंमा अधिकांश आफ्नो थातथलो जाने गर्छन् । दशौं दिनमा आफ्ना नाताकुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँ नयाँ कपडा लगाउने, घुम्न जाने, घरआँगन, बाटोघाटो, गाउँबस्ती सफासुग्घर राख्ने गरेर हर्षोल्लासका साथ मनाउने देखिन्छ ।
दशैको रौनकले गाउँघरतिर नयाँ उमंग छाएको छ । कोरोनाका कारण २ वर्षपछि दशैमा उमंग आएको छ । २०७८ सालको दशैमा परदेशिएका आफन्त पनि घर फर्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको छ । सबैलाई दशैंले छोएकाले सधैजसो कलाको माध्यमबाट अरुलाई मनोरञ्जन प्रदान गर्ने कलाकारले पनि दशैलाई विशेष तरिकाले मनाईरहेका छन् ।
कलाकारले कहाँ र कसरी मनाउँदै छन् यसपालिको दशैं ?
राजेश हमाल, अभिनेता

मैले आफ्नो विगतको दशैलाई सम्झिरहन्छु । दशैं आँउदा वातावरणको माहोल नै छुट्टै किसिमको हुन्छ । त्यसले गर्दा सम्झिदा पनि रमाइलो लाग्छ । मैले आफ्नो विगत सम्झिदा बुवा–आमाले मलाई दशैंकै लागि भनेर एउटा विशेष कपडा किनिदिनु हुन्थ्यो । त्यो कपडा एकै चोटी दशैंको दिन मात्र मैले साथीहरुलाई देखाउँदा केहि साथिले तलाईमात्र कपडा भन्दै आमाकाहाँ मलाई पनि नयाँ कपडा भन्न जान्थे । मेरो लागि अर्को नभएको बेला दशैपछि आमाले कपडा मागेको साथीलाई किनिदिनुहुन्थ्यो । मैले साथीलाई कपडा देखाउँदा खुसी लाग्थ्यो । आमाले अरुलाई किनिदिँदा डाह लाग्थ्यो । सानो हुँदा दक्षिणा कै लागि टिका लगाउने र टाढाको आफन्तको मा जाने गथ्यौं । यसपालिको दशैको ठूलो योजना छैन । मेरी जीवन संगिनी मधु भट्टराईसँगै यसपालिको दशै रमाइलो गरी मनाइन्छ ।
अनुप विक्रम शाही, अभिनेता

मैले दशैं सधैं काठमाडौँमै मनाउने गर्छुु । परिवार, साथीभाइ, इष्टमित्र सबै काठमाडौंमा भएकाले दशैंमा परिवार, साथीभाइसँगै रमाइलो हुने भएकाले बाहिर खासै घुम्न जादिन । यसपालि पनि यस्तै छ । कोरोनाका कारण यसअघि भएको दशै राम्रो भएन तर यसपालि राम्रो हुन्छ ।
यसपालि खसी घरमै काट्ने बिचार गरेकाले खसि पो खोजिएको छ त । मेरो दशै रमाइलो हुन्छ, सबैले राम्रोसँग मानौं ।
नाजिर हुसेन, अभिनेता

नेपालीहरुको महान चाड दशैंमा सबैलाई शुभकामना । धर्मकानुसार दशैं हिन्दु धर्मको भएपनि चाड नेपालीको भएकाले म पनि नेपाली हो । मुस्लिम भए पनि मज्जाले दशैं मनाउँछु । यसपालि दशैंमा परिवारसँग रमाइलो गरेर दशैं मनाउँछु ।
सञ्चिता लुुइँटेल, अभिनेत्री

मैले सकेसम्म राम्ररी दशै मनाउँछु । भक्तपुरमा मेरो घर भएकाले पति निखिल उप्रती, छोरा छोरीसँगै घटस्थापनादेखि मेरो घरमा रमाइलो हुन्छ । मैले दशैंको नवरात्र शुरु घटस्थापनाको दिनदेखि नवमीसम्म व्रत बस्छु । दशौं दिनमा चाहिँ आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाउने, मिठा मिठा परिकार बनाएर खाने खुवाउने गर्छु । दशैंमा नयाँ लुगा छोरा छोरीलाई किनिदिन्छू । यसरी नै हो । नयाँ केही छैन । तर अकिकति फुर्सद हुने भएकाले छोरा छोरीलाई बानि लगाउनका लागि मैले दिउँसोको समयमा केही किताब पढ्छु । मैले सविन भट्टराईको समर लभ पहिल्यै किनेको पढ्न पाएको थिइन, यसपालिका दशैंमा पढ्छु । सबैलाई ह्याप्पी दशैं ।
(मेरोन्युजकर्मी किरण अधिकारीले गरेको कुराकानीको संक्षिप्त रुप)
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया