छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा १२ जनको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका-४ पन्चधुरा मन्दिर जाने गेट अगाडि सडकमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकल र ज.१२ प २९६१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने २८ वर्षीय बिजय कुमार महतो र ज. १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-३ बस्ने २७ वर्षीय सुरज तामाङ रहेका छन् । बिजयको शुभ स्वस्तिक अस्पताल र सुरजको रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी महोत्तरीकै जलेश्वर नगरपालिका-९ परकौली ब्यारेक अगाडि सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ पिगौना बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङको लमही नगरपालिका-४ बनगाउँस्थित सडकमा ना.७ ख ३१७९ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्ती गाउँपालिका-४ बस्ने सन्दिप चौधरीको ४ वर्षीय छोरा दुर्गा प्रसाद चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फ्लोरेन्स अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, सुनसरीको ईटहरी उपमहानगरपालिका-५ पचरुखी चोकस्थित सडकमा ना.४ ख २९२४ नम्बरको ट्रकले प्रदेश १-०२-००३ ह १४३६ नम्बरको सिटी सफारी र प्रदेश नम्बर ३-०१-०२४ च ९७२२ नम्बरको कारलाई मंगलबार राति ठक्कर दिँदा सिटी सफारीमा सवार ईटहरी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय ईश्वर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार र सिटी सफारीमा सवार ६ जनामध्ये ५ जनाको नोबेल अस्पताल विराटनगर र १ जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बैतडीको दोगेडाकेदार गाउँपालिका-३ तारल सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक डिलासैनी गाउँपालिका-३ बस्ने २३ वर्षीय योगेश पालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता, चितवन, खैरहनी नगरपालिका-८ स्थित सडकमा प्रदेश ३-०३-००१ प ८४८० नम्बरको मोटरसाइकल र प्रदेश ३-०३-००२ प ४८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश ३-०३-००१प ८४८० नम्बरको मोटरसाइकल चालक खैरहनी नगरपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तिमल्सिना र अर्को मोटरसाइकलका चालक सोही नगरपालिका-९ बस्ने २१ वर्षीय सुशान्त भण्डारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवन, ईच्छाकामना गाउँपालिका-६ कालिखोलास्थित सडकमा प्रदेश ३-००१ प ९००० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी प्रतापपुर गाउँपालिका-१ बस्ने ४८ वर्षीय शिबनारायण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मृतकको श्रीमती ३५ वर्षीया सन्जु चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । चितवनकै भरतपुर महानगरपालिका-१८ लाहुरे चोकमा बा.७ च ७९७६ नम्बरको कार र ना.५० प ७४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२६ बस्ने २५ वर्षीय शिबु बास्तोलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-२६ बस्ने २० वर्षीय बिनोद चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दियाको बाँसगढी नगरपालिका-८ लक्ष्मणा चोकस्थित सडकमा ना.४ ख ९५७४ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-८ रेशमटोल बस्ने सागर परियारको छोरा १३ वर्षीय गणेश परियारको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको भद्रपुर नगरपालिका-४ रंगेडाडामा मे.१ ख १६६३ नम्बरको सेफ्टी टेयाङ्कीको गाडीको ठक्करबाट साईकलयात्री भद्रपुर नगरपालिका-६ बस्ने ६० वर्षीय महेश सिंह राजवंशीको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









अध्यक्ष ओलीले गरे एमालेको ११ औँ महाधिवेशनको उद्घाटन (तस्बिरहरू)
यु–१९ एसिया कप : नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य
थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाइ आक्रमण जारी
एमाले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि गोरखाबाट प्रेम बहादुर गुरुङ भिड्दै
एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, २५ सय सुरक्षाकर्मी तैनाथ
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया