मुगु बस दुर्घटना छानबिन गर्न समिति गठन
मेरोन्यूज
२०७८ असोज २८ गते १४:४५

काठमाडौं । मुुगु बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ ।
१० दिनभित्र बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ ।
समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य हुनुहुन्छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ ख ३१६७ नंम्वरको बस मङ्गलबार जुम्ला-मुुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना भएको थियो । घटनामा परी ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया