बिहीबार, पुष १७, २०८२

बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने ४ जना पक्राउ

मेरोन्यूज २०७८ कार्तिक १ गते ९:३८

काठमाडों । महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीले जलेश्वर नगरपालिका–४ सुगाकी ६५ वर्षीया प्रमिलादेवी महतो, उनका छोरा ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी श्रीमती ३२ वर्षीया पुरनी देवी महतो, रगेश्वरकै अर्का २० वर्षीय छोरा अनिल महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार असोज २७ गते बिहान ३ बजे सुगा गाउँस्थित ४२ वर्षीया महिलालाई उनीहरूले बोक्सीको आरोपमा कुटपिट गर्दै मलमूत्र खुवाएका थिए । आरोपीले पीडितको कपालसमेत काटेर भागेका थिए ।

पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया