सुदूरपश्चिममा पहिरो : ३ जनाको मृत्यु, १ बेपत्ता

काठमाडौं । सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन्।
ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ ।
मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो । डडेल्धुराको अमरगढी नगरपालिका-१ मा गएको पहिरोमा परी घाइते भएको अरू २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीका कार्यालयले जनाएको छ ।
यसैगरी, गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । उनको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।
प्रहरीका अनुसार पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ घर भत्किएका छन् ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया