बिजय सहनी : भारतमा साथीको हत्यादेखि नेपालमा बैंक लुटपाट सम्म

काठमाडौं । असोज २५ गते मोरङ जिल्लाको धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन्स बैंकको शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटियो । लुटपाटमा संलग्न ८ मध्ये तीन जनालाई प्रहरीले सोही दिन भारत तर्फ भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रबाट बिजय सहनी(बहरदार),बिराटनगरका ३२ वर्षीय श्याम मुखिया र अररियाका सुनिल यादवलाई पक्राउ गरेको थियो ।

बैंक लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले अर्का भारतीय नागरिक रोशन यादवलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार भारत अररिया फारवेसगञ्ज १० बस्ने बर्ष २० को रोशन यादवलाई सुनवर्षी नगरपालिका वडा नं ८, सिक्टी, नेपाल चोक नजिक सिमावर्ती एरियाबाट पक्राउ गरेको हो ।
प्रहरीले जहदा गाउँपालिका वडा नं-५ मझारे स्थित अभियूक्त श्याम मुखियाको डेरा कोठामा खानतलासी गर्दा ९ एमएम पेस्तोल थान-१, म्याग्जिन १ र (आधा) के.जी समेत बरामद गरेको छ ।

लुटपाट देखि हत्या सम्म
विराटनगरका मुखिया लुटपाट प्रकरणका मुख्य योजनाकार हुन् । भने बिजय माथि भारतमा साथीको हत्या गरेको आरोप छ ।लुटपाटका क्रममा साथीले चलाएको गोली उनको बाया खुट्टामा लागेपछि उनि घाईते भएका थिए ।
प्रहरीको प्ररम्भिक अनुसन्धानपछि बिजय (सहनी) बहरदारमाथि एक वर्षअघि भारत अररीया जिल्ला गडुरापुर नरपथगञ्ज थाना नजिकै बस्ने २५ वर्षीय शिवशंकर कुमार (सिन्टु)को गोली हानी हत्या गरेको आरोप भएको पत्ता लागेको छ । २०७७ जेठ १४ गते बुधबार राति घर नजिकै सिन्टुको गोली हानी हत्या भएको थियो ।
हत्यापछि सिन्टुका बुबा रामप्रकाश यादवले बिजय बहरदार(सहनी)सहित प्रमोद मण्डल, मुकेश बहरदार, नितिश कुमार,शुशिल बहरदार, श्रवेश यादवसहित ९ जना विरुद्ध जाहेरी दिएका थिए ।
हत्यापछि फरार रहेका बिजय विराटनगर आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सहनी कटहरीको एक कृषि फर्ममा काम गर्दै आएका थिए । सहनी पक्राउपरेपछि भारतमा गरेको अपराधको विषय बाहिर आएको हो । मृतक सिन्टुका आफन्तका अनुसार बिजय अपराधिक गतिविधिमा संलग्न रहदै आएका थिए ।
सोही समूहले असोज २२ गते विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउको गार्मेन्ट पसल लुटपाट गरेको प्रहरीले बताएको छ । कोटेक्स ट्रेडिङ लुटपाटका क्रममा सो समूहले १२ हजार नगद र ४ वटा स्मार्टफोन लगेको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>












एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया