मंगलबार, फागुन ६, २०८१

नेपाली राजदुतलाई मोदीले दिएनन् बिदाइ भेट

भारतीय सत्ता पक्षका शीर्ष नेताले नेपाली राजदुत आचार्यलाई विदाई भेट नदिएपनि विपक्षी कांग्रेस आईका शीर्ष नेताले भने उनीसँग विदाई भेट गरेका छन्

मेरोन्यूज २०७८ कार्तिक ३ गते ७:४०

नेपाली राजदुतलाई मोदीले दिएनन बिदाइ भेट, सोनियाँसँग भने भयो भेट

Advertisement
IMEnabil

काठमाडौं । भारतका लागि नेपालको राजदुत बनी नयाँ दिल्ली पुगेका निलम्बर आचार्य आज स्वदेश फर्किदैछन् । उनलाई कांग्रेस, माओवादी, एकीक्ृत समाजवादी र जनतासमाजवादीको गठबन्धन सरकारले गत मिहना फिर्ता बोलाउने निर्णय गरेपछि उनी आज स्वदेश फर्किन लागेका हुन् ।

उनलाई केपी ओली नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदुत नियुक्त गदै नयाँ दिल्ली पठाएको थियो । त्यहाँ उनले अढाई वर्षको अवधि बिताएका थिए ।

सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त सवै देशका राजदुतलाई फिर्ता बोलाउने एकमुष्ठ निर्णय गरेपछि राजदुत आचार्य पनि फिर्ता बोलाइने राजदुतमा परेका हुन् । उनले आफनो विदाईका लागि भारतीय सत्ता पक्षका शीर्ष नेताहरुसँग भेट गरेर फर्किने अनबरत प्रयास गरेपनि त्यो सफल हुन नसकेको दिल्ल्ीस्थित नेपाली राजदुताबासले जनाएको छ ।

आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह लगायतसँग बिदाइ भेटका लागि समय माग गरेका थिए । तर, राजदुत आचार्यलाई यसमध्येका कुनै पनि नेताले भेटका लागि समय दिएनन । राजदूत आचार्यले विदेश राज्यमन्त्री भी मुरलीधरण र विदेश सचिव हर्ष वर्धन श्रृंगलासँग मात्र विदाई भेट गर्न पाएका थिए । विदेश सचिवले भने आचार्यलाई दिवा भोज नै दिएका थिए । सत्तारुढ भारतीय जनता पार्टी तर्फ भने विदेश विभाग प्रमुख विजय चौथाइवाले र राम माधवलाई भेटेका थिए ।

राजदुत आचार्य भारतमा नेपाली राजदुत भएपनि उनले विदेश सचिव भन्दा माथिल्लो तहमा प्राय यो अढाई वर्षका वीचमा पनि भेट गर्न मुश्किलले पाउथे । नेपालमा आएका भारतीय राजदुतले नेपालका जो कोही शीर्ष राजनीतिक नेता, सरकारका प्रतिनिधीलाई भेटन सहज पाएपनि नेपाली राजदुतले भने भारतीय सत्तापक्षका शीर्ष नेतालाई भेटनै नपाई विदेश सचिवसम्ममै खुम्चिनु परेको थियो । आचार्यले पनि विदेश सचिवभन्दा माथिल्लो तहमा नेपालको राजनीतिक सम्वन्ध विस्तार गर्ने र भेटघाट गर्ने अवसर त्यक्ति पाउन नसकेको चर्चा दिल्लीस्थित नेपाली राजदुताबासमा हुने गरेको छ ।

त्यसो त राजदुत आचार्यले दिल्ली बसाईका क्रममा खास त्यक्ति प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको थियो ।

सत्ता पक्षका शीर्ष नेताले राजदुत आचार्यलाई विदाई भेट नदिएपनि विपक्षी कांग्रेस आईका शीर्ष नेताले भने उनीसँग विदाई भेट गरेका छन् । राजदुत आचार्यले कांग्रेस आईका
प्रमुख नेता सोनिया गान्धीसँग उनकै निवासमा हिजो मंगलवार भेटवार्ता गरेका छन् । दुई जनाबीच एक्ला एक्लै भएको भेटमा दुई देशको सम्बन्ध बारे चर्चा भएको राजदूत अचार्यले ट्विट मार्फत जानकारी दिएका छन् । यसअघि उनले विपक्षी दलकै नेता राहुल गान्धीसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया