बझाङमा पहिरोले च्यापिँदा ४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १५:३७
बझाङ । जिल्लाको खप्तडछान्ना गाउँपालिकामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । घरमाथि खसेको पहिरोले पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुई÷दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वडा नं ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी श्रीमती रहेका छन् । त्यस्तै वडा नं ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए ।
सम्बन्धित
प्रतिक्रिया