शुक्रबार, फागुन २२, २०८२

राष्ट्रपति भण्डारीद्वारा दुर्गा मन्दिरको दर्शन (फोटो फिचर)

जुली गिरी २०७८ कार्तिक ३ गते १७:४५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर पुगेर नवदुर्गा द्योछें देवता घर पुगेर नवदुर्गा भवानीको दर्शन गरेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रत्येक वर्ष राष्ट्र प्रमुखको हैसियतमा वडा दसैंको अन्तिम दिन नवदुर्गा भवानीको दर्शन तथा पूजाआजा गर्ने परम्पराअनुसार वडा दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको दर्शन गर्न पुगेकी हुन् ।

राष्ट्रपति भन्दा अगाडि राष्ट्र प्रमुखका हैसियतले यहाँ राजा सवारी हुने परम्परा थियो ।मन्दिर पुगेकी राष्ट्रपतिलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादका रुपमा फूलमाला, विमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया