बाढीपहिरोमा परेर मृत्यु भएकालाई २ लाख दिने सरकारको निर्णय
एकै परिवारमा एकभन्दा धेरै व्यक्तिको विपदमा परेर मृत्यु भएमा थप एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने

काठमाडौं । सरकारले वेमौसमी बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई जनही २ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले विपदका घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विपदबाट मृत्यु भएकाहरूको परिवारलाई प्रतिव्यक्ति २ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
एकै परिवारमा एकभन्दा धेरै व्यक्तिको विपदमा परेर मृत्यु भएमा थप एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि कार्कीले बताए।
सरकारले बाढीपहिरोले खाद्यान्न बाली, घर तथा पसललगायत क्षति पुगेकालाई पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
पाँच जनासम्मको परिवार भए १५ हजार नगद र पाँचभन्दा धेरै सदस्य भएको परिवार भए २० हजार नगद उपलब्ध गराउने निर्णय भएको कार्कीले बताए।
















डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया