डेंगु रोगले वडा सदस्यको निधन
मेरोन्यूज
२०७८ कार्तिक ३ गते २०:२६

रामपुर । रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा ५७ वर्षीय सिंजालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिंजालीलाई मङ्गलबार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो ।
उपचारका क्रममा मङ्गलबार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । सिंजालीको आज कालीगण्डकीस्थित करौदी खोलाघाटमा दाहसंस्कार गरिएको छ ।
वडा सदस्य सिंजालीको निधनमा दुख व्यक्त गर्दै गाउँपालिकाले आज पालिका कार्यालय तथा वडा कार्यालयमा शोक बिदा दिएको छ । सिंजाली गत स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया