माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो । पछिल्ला दिनमा लगातार पार्टी बैठक गरेर संगठनात्मक कामलाई तिव्रता दिदै आएको माओवादी केन्द्रले पार्टीको आगामी पुसमा हुने राष्टिय सम्मेलन र त्यस अगाडी सक्नुपर्ने स्थानिय सम्मेलनहरुका विषयमा तिव्र तयारी थालेको छ ।
सदस्यता नविकरण र नयाँ सदस्यता वितरणका कार्यक्रमलाई आक्रामक बनाउँदै लगेको माओवादी केन्द्रले त्यससग सम्वन्धित विषयमा निरन्तर पार्टी बैठक राखेर समिक्षा गरिरहेको छ ।
आजको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । देशभर वेमौसमी वर्षापछिको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिका विषयमा पनि बैठकमा समिक्षा हुने र नेता कार्यकर्ता परिचालनको लागि पनि माओवादी केन्द्रले आजको बैठकबाट निर्देशन गर्ने पनि बताईएको छ ।
हिजो मात्रै अध्यक्ष प्रचण्डले बाढी पहिरोबाट भएको धनजनको क्षतिका बारेमा पार्टीले सरकारलाई गम्भिर बन्न, राहात तथा उद्दारका काममा लाग्न आग्रह गरेका थिए ।
प्रतिक्रिया