मंगलबार, फागुन ६, २०८१

विपद निरीक्षण गर्न प्रधानमन्त्री पुगे दीपायल, जनप्रतिनिधिसँग लिए जानकारी

पुष्कर पाैडेल २०७८ कार्तिक ४ गते १२:२५

कैलाली । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोबाट पुगेको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन् । तय भएको तालिकाअनुसार प्रधानमन्त्री देउवा सुरुमा निरीक्षणका लागि डोटीको दीपालय पुगेका छन् ।

Advertisement
IMEnabil

दीपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिका बारेमा जानकारी लिएका छन् । सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्ने छन् ।

वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ । यस्तै, २४ जना बेपाता छन् भने १६ जना घाइते भएको तथ्यांक छ ।

प्रतिक्रिया