तस्करीसँग मिलेको भन्दै सशस्त्र प्रहरीका इन्सपेक्टर पाैडेलमाथि छानबिनको तयारी

काठमाडौं । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करीलाई सहयोग पुग्ने गरी काम गरेको उजुरी परेको छ । नेपाल–भारत सीमा नाकाबाट हुने तस्करीको नियन्त्रणमा नेपाल प्रहरीभन्दा बढी भूमिका सशस्त्र प्रहरीको हुनेछ । तर, अहिले सशस्त्र प्रहरीकै मिलेमतोमा तस्कारी बढिरहेको भन्दै सशस्त्र प्रहरी मुख्यालय र हेलो सरकारमा उजुरी पर्ने गरेको हो ।
तस्करीका लागि चर्चामा रहेको पर्साको भिष्वा (बन्जारी) नाकामा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी बढेको भन्दै सशस्त्र प्रहरी मुख्यालय र हेलो सरकारमा उजुरी परेको छ । भिस्वा नाकास्थित बोर्डर आउट पोस्टका इन्सपेक्टर कृष्ण पौडेलकै संलग्नतामा तस्करीका सामान पास गराएको भन्दै उजुरी परेको छ ।
करिब दुई महिनाअघि सशस्त्र प्रहरी बलको दुई नम्बर बाहिनीका बाहिनीपति डिआइजी चन्द्र प्रकाश गौतमको निगाहमा पौडेल सो बिओपी जान सफल भएका थिए । तर, अवैध आर्जन गर्न चाकडी गरेर त्यहाँ पुगेका पौडेलले शुरुदेखि नै सीमा इलाकाबाट तस्करी गराउन शुरु गरेको भन्दै उजुरीमा उल्लेख गरिएको छ ।
‘पटक पटक मौखिक उजुरी आएको थियो, अहिले भने प्रमाणसहित, भिडियोसहित लिखित उजुरी परेकाले उनीमाथि गम्भीर छानबिन हुन्छ,’ दुई नम्बर बाहिनी स्रोतले भन्यो ।
उनका विषयमा गम्भीर भएर छानबिन गर्न मुख्यालयस्थित प्रशासन विभागले दुई नम्बर बाहिनीलाई आदेश दिइसकेको छ । बाहिनीका डिएसपीको कमाण्डमा छनबिन समिति बनाइएको छ । सामान्यतया एउटा युनिट कमाण्ड गरेपछि ६ महिनासम्म अर्को कमाण्ड नदिने नीति भए पनि पौडेलको हकमा त्यो लागु भएको छैन ।
बिओपी भिष्वा जानुअघि बाराको जितपुरमा सुरक्षा बेश कमाण्डर थिए । त्यहाँ हुँदा उनलाई राशनमा बदमासी गरेको र आफ्नै कर्मचारीमाथि ज्यादती गरेको आरोप लागेको थियो । त्यस्तो व्यक्तिलाई फेरि किन बिओपीको जिम्मेवारी दिइयो भन्ने प्रश्न उठेको छ ।
तर, मुख्यालयले काम हेर्ने भन्दै केही एक्सन नलिए पनि अहिले तस्करीको लाइन खुलाएको भिडियोसहितको उजुरीमा भने छानबिन गरिरहेको स्रोतले जनाएको छ । अहिले भिस्वा नाकाबाट दशैंको मौका छोपेर व्यापक तस्करी गराएका थिए ।
३० जना कार्यरत बिओपीबाट दशैँको नाममा अधिक कर्मचारीलाई बिदा दिएर राशनको रकम लिएको स्रोतले जनाएको छ । पर्साको भिस्वा नाका निकै विवादित भएकाले त्यहाँ सशस्त्र प्रहरी सजग हुनु पर्नेमा उनी आफै सेटिङमा लागेको स्रोतको दाबी छ ।
उनीमाथि सामन्या फौजी आचरणसमेत नभएका भन्दै हालका बाहिनीपति डिआइजी गणेश ठाडा मगरले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएका हुन् ।













सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
सरकार र प्रसाईं समूहबीचको वार्ता सकारात्मक
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया