तस्करीसँग मिलेको भन्दै सशस्त्र प्रहरीका इन्सपेक्टर पाैडेलमाथि छानबिनको तयारी

काठमाडौं । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करीलाई सहयोग पुग्ने गरी काम गरेको उजुरी परेको छ । नेपाल–भारत सीमा नाकाबाट हुने तस्करीको नियन्त्रणमा नेपाल प्रहरीभन्दा बढी भूमिका सशस्त्र प्रहरीको हुनेछ । तर, अहिले सशस्त्र प्रहरीकै मिलेमतोमा तस्कारी बढिरहेको भन्दै सशस्त्र प्रहरी मुख्यालय र हेलो सरकारमा उजुरी पर्ने गरेको हो ।
तस्करीका लागि चर्चामा रहेको पर्साको भिष्वा (बन्जारी) नाकामा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी बढेको भन्दै सशस्त्र प्रहरी मुख्यालय र हेलो सरकारमा उजुरी परेको छ । भिस्वा नाकास्थित बोर्डर आउट पोस्टका इन्सपेक्टर कृष्ण पौडेलकै संलग्नतामा तस्करीका सामान पास गराएको भन्दै उजुरी परेको छ ।
करिब दुई महिनाअघि सशस्त्र प्रहरी बलको दुई नम्बर बाहिनीका बाहिनीपति डिआइजी चन्द्र प्रकाश गौतमको निगाहमा पौडेल सो बिओपी जान सफल भएका थिए । तर, अवैध आर्जन गर्न चाकडी गरेर त्यहाँ पुगेका पौडेलले शुरुदेखि नै सीमा इलाकाबाट तस्करी गराउन शुरु गरेको भन्दै उजुरीमा उल्लेख गरिएको छ ।
‘पटक पटक मौखिक उजुरी आएको थियो, अहिले भने प्रमाणसहित, भिडियोसहित लिखित उजुरी परेकाले उनीमाथि गम्भीर छानबिन हुन्छ,’ दुई नम्बर बाहिनी स्रोतले भन्यो ।
उनका विषयमा गम्भीर भएर छानबिन गर्न मुख्यालयस्थित प्रशासन विभागले दुई नम्बर बाहिनीलाई आदेश दिइसकेको छ । बाहिनीका डिएसपीको कमाण्डमा छनबिन समिति बनाइएको छ । सामान्यतया एउटा युनिट कमाण्ड गरेपछि ६ महिनासम्म अर्को कमाण्ड नदिने नीति भए पनि पौडेलको हकमा त्यो लागु भएको छैन ।
बिओपी भिष्वा जानुअघि बाराको जितपुरमा सुरक्षा बेश कमाण्डर थिए । त्यहाँ हुँदा उनलाई राशनमा बदमासी गरेको र आफ्नै कर्मचारीमाथि ज्यादती गरेको आरोप लागेको थियो । त्यस्तो व्यक्तिलाई फेरि किन बिओपीको जिम्मेवारी दिइयो भन्ने प्रश्न उठेको छ ।
तर, मुख्यालयले काम हेर्ने भन्दै केही एक्सन नलिए पनि अहिले तस्करीको लाइन खुलाएको भिडियोसहितको उजुरीमा भने छानबिन गरिरहेको स्रोतले जनाएको छ । अहिले भिस्वा नाकाबाट दशैंको मौका छोपेर व्यापक तस्करी गराएका थिए ।
३० जना कार्यरत बिओपीबाट दशैँको नाममा अधिक कर्मचारीलाई बिदा दिएर राशनको रकम लिएको स्रोतले जनाएको छ । पर्साको भिस्वा नाका निकै विवादित भएकाले त्यहाँ सशस्त्र प्रहरी सजग हुनु पर्नेमा उनी आफै सेटिङमा लागेको स्रोतको दाबी छ ।
उनीमाथि सामन्या फौजी आचरणसमेत नभएका भन्दै हालका बाहिनीपति डिआइजी गणेश ठाडा मगरले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएका हुन् ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया