नेपालमा ५० प्रतिशत अवैध मोबाइलको विक्री वितरण
मोबाइल डिभाइस प्रणाली अझै कार्यान्वयन भएन

काठमाडौं । अबैध मोबाइलमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेको भन्दै मोबाइल फोन आयातकर्ताहरुले आपत्ति जनाएका छन ।
गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली तीन महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा मोबाइल फोन इम्पोटर्स एशोसिएशनले आपत्ति जनाएको हो ।
एशोसिएशनका अध्यक्ष दिपक मल्होत्राले एमडीएमएस लागू गर्ने सरकारको निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोवाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन आग्रह गरे ।
बजारमा अहिले झण्डैझण्डै ५० प्रतिशतको हाराहारीमा अवैध फोन आयात भई विक्री भइराखेको मल्होत्राले बताए ।
नेपालमा गैरकानूनी रुपमा अवैध मोबाइलको आयात रोक्न सकेमा सरकारले राजस्व असुलीबाट धेरै फाइदा लिन सक्ने र व्यवसायीहरुको व्यापार पनि फष्टाउने एशोसिएशनका अध्यक्ष मल्होत्राले दाबी गरेका छन् ।
भन्सार छलेर र चोरी पैठारीमार्फत् अवैध रुपमा भित्रिएका मोबाइल बन्द गर्न सरकारले गत साउन १ गतेदेखिनै एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया