बिहीबार, पुष १७, २०८२

देउवाको सुदूरपश्चिम यात्रा, धनगढीमा सुरक्षा व्यवस्था कडा

मेरोन्यूज २०७८ कार्तिक ४ गते १७:४५

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा विहीबार सुदूरपश्चिम प्रदेशको यात्रामा निस्किएका छन् ।

बैमौसमको वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो नोक्सानी भएपछि प्रधानमन्त्री देउवा त्यस क्षेत्रको अवलोकनमा गएका हुन् । प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सुदूरपश्चिम आएका हुन् ।



प्रधानमन्त्री देउवा प्रदेशको अस्थायी राजधानी धनगढी आउने भएपछि धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धनगढी बजारमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रधानमन्त्री देउवाले बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड, डडेल्धुरा र कञ्चनपुरको निरीक्षणपछि बिहीबार धनगढी फर्किदै छन् ।



प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले‚ नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर लगायत छन् ।

प्रतिक्रिया