प्रधानमन्त्रीसँग प्रदेश सरकारको छलफलः बाढीग्रस्तक्षेत्र घोषणा गर्नुपर्ने माग

कैलाली । बाढी पहिरोबाट प्रभावित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री शेरवहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारले भेटवार्ता गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा भएको भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।
हालैको बर्षाले ल्याएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति पुराएको र अरबौंका भौतिक संरचना ध्वस्त भएको जानकारी गराउदै प्रदेश सरकारले प्रधानमन्त्रीसँग ती संरचनाको पुनर्निमाण, राहत र क्षतिपूर्ति तत्काल लागू हुनुपर्ने माग गरेको छ ।
यी सम्पूर्ण कार्यमा तीन तहकै पहलकदमी हुनेगरी प्रदेश सरकार समन्वय र साझेदारी गर्न तयार रहेको बताएको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।
देशमै सबै भन्दाबढी प्रभावित सुदूरपश्चिम प्रदेशलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी पुनर्निमार्ण थालिनुपर्ने प्रदेश सरकाकारको थियो ।
‘यस प्राकृतिक प्रकोपबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति, घाइतेको निःशुल्क उपचार, बाढीपहिरोवाट क्षति भएका घर तथा भौतिक संरचनाको पुनर्निर्माण, बिस्थापितको पुनस्र्थापना र किसानहरु बाली नोक्सानीमा राहत, सामुहिक बस्ति निर्माण गरेर पुनःस्थापना तथा ब्यवस्थापन गर्नुपर्ने भएको छ’, सञ्चारकर्मीको प्रतिक्रियामा मुख्यमन्त्री भट्टले भने– ‘बाढीपीडितको ब्यवस्थापनमा प्रदेश सरकार साझेदारी गर्न तयार रहेकोले योजना बनाएर छिटो भन्दा छिटो काम थाल्न भन्यौं, प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको छ ।’
















डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया