गृह प्रदेशमा प्रधानमन्त्री देउवाले भने– एमसीसी हुबहु पास गर्छौं

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु पास गर्ने बताएका छन् । बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन तथा निरीक्षण गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले यस्तो धाराणा राखेका हुन् । प्रेस युनियनको आयोजनामा भएको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले एमसीसी संशोधन नहुने बताए ।
एमसीसीको सम्झौतामा झुटा मुद्धा उठाइएको उनको भनाइ छ । ‘वल्ड बैंक (एडीबी)मा नेपालको कानुन लागु हुँदैन, अन्तराष्ट्रिय कानुन लागु हुन्छ,’ उनले भने, ‘एमसीसी अनुदान हो नेपालको कानुन लागु हुन्छ भनिएको छ ।’ उनीहरुले एमसीसीमा नेपालको कानुननै लाग्छ भनिसकेको भन्दै देउवाले भने, ‘अमेरिकी कानून लाग्छ भन्ने छँदैछैन । नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार ।’
यस्तै प्रधानमन्त्री देउवाले वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ ’, उनले भने, ‘पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ । यसको क्षतिपूर्तिका लागि राहत प्याकेज ल्याउछौं ।’
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’ नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको भन्दै पन्छिए । निर्वाचन आयोगले भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो । उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने ।
यस्तै प्रधानमन्त्री देउवाले इलेक्सनबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताए । देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री देउवा विहीबार सुदूरपश्चिम पुगेका थिए ।
















डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया